बच्चा नबढ्ने र नमोटाउने कारण

हेल्थपोस्ट नेपाल

कुनै बच्चाको शारीरिक विकास उसकाे समूहका बच्चाको वजन चथा मानसिक समाजिक विकासभन्दा कम हुन्छ भने त्यसलाई बच्चा नबढेको भनिन्छ । यदि बच्चाको वजन तेस्रो पर्सेन्टाइलभन्दा कम हुन्छ भने वा ९७ पर्सेन्टाइलभन्दा बढी हुन्छ भने बच्चालाई नबढेको वा बढी भएको भनिन्छ । यसलाई २ भागमा बाँड्न सकिन्छ ।
१. आङ्गिक कारण
२. मनोवैज्ञानिक तथा सामाजिक कारण ।
धेरैजसो कम वजन भएर जन्मेका बच्चाहरु तथा गरिबीको भुमरीमा जन्मेका बच्चाहरु नै यसका शिकार भएका हुन्छन् । आङ्गिक कारण कैयैँ हुन सक्छन् । पाचन प्रणली,मुत्र प्रणाली,मुटु र फोक्सो प्रणली, इन्डोक्राइब, स्नायुजन्म, संक्रमण, मेटाबोलिक, जन्मजात, विविध सामाजिक र मनोजन्य कारणमा बाबुआमाको बीचको झगडा तथा गरिबी नै प्रमुख नै हुन आउँछ । कहिले दुवै कारणहरु पनि हुन सक्छ ।

लक्षण : 
वचन कम, उचाई कम, कपाल मर्ने, छालमुनि बोसोको कमि, मांसपेशीको मुट्ठा घट्नु, चर्मरोग हुने, बराबर संक्रमण भइरहने, सुकेनास र फुकेनास ।  विकसित देशमा वृद्धिको कमी शारीरिक परीक्षणबाट थाहा हुन्छ भने विकासोन्मुख देशमा बराबर संक्रमण हुने कुपोषणबाटै पत्ता लाग्छ । नबढ्नका कारण वृद्धिका मापदण्डहरुबाट पत्ता लाग्छ वजन, उचाइ तथा वचन, उचाइ अनुपात । नेपालमा हालसम्म अधिकारिक वृद्धि चार्ट छैन । यदि सबभन्दा पहिले जन्मेका बच्चा छन् भने तिनीहरुको वृद्धि र समय पुगेर जन्मेका बच्चाको वृद्धि एकनास हुँदैन ।
सुरुमा वजन घट्छ विस्तारै उसको उचाइ घट्न थाल्छ । दीर्घकालीन कुपोषण भएमा वजन तथा उचाई दुवै घट्न थाल्छ ।  कुपोषणमा प्रयोगशाला परीक्षणले त्यति सहयोग गर्दैन । सामान्य रक्त परीक्षण पिसाब जाँच आवश्यकतानुसार एक्सरे तथा अन्य जाँच विचारपुर्वक गराउनु पर्दछ । आङ्गिक कारण पत्ता लगाउन त्यो सम्बन्धी विषयको परीक्षण गर्नुपर्छ ।

निदान :
रोगको वृत्तान्त, शारीरिक परीक्षण, बाबुआमा र बच्चाबीचको अन्तरक्रिया, खाना कति मात्रामा र कस्तो खान्छ भन्ने मूल्याङ्कन गर्नुपर्दछ ।

पर्याप्त वृद्धि नहुनुका कारण
१. आवश्यक मात्रामा क्यालोरियुक्त खाना नदिनु, नपाउनु
२. आवश्यक मात्रामा क्यालोरियुक्त खाना नखानु
३. आवश्यक क्यालोरी शरीरमा सञ्चित नहुनु
ज्ञानको कमी, बाबुआमाको नैराश्य, खानेकुरासम्बन्धी अवैज्ञानिक धारणा तथा खानाको कमी हुन् । खाना कुन कुन प्रकार र कति–कति खान्छ भन्ने थाहा पाउनु जरुरी छ । बच्चालाई निल्न कठिन हुन सक्छ । शरीरको बनावटमै फरक हुन सक्छ । उल्टी हुने,पखला लाग्ने तथा मन लगाएर नखाने र बाहिरी खाना मात्रा खान नरुचाउने (चक्लेट,चाउचाउ) आदि पनि नपुग क्यालोरीका कारण हुन् । कति बच्चाहरुको खाना प्रसस्त खाने तर नमोटाउने भएमा पनि हर्मोन वा अन्य कारणको खोजी गर्नुपर्दछ । मधुमेह पनि नकार्न मिल्दैन ।

उपचार
कारण पत्ता लगाउनुपर्दछ । मुख्यतः यसमा खाने बानी र खाना खुवाउने बानी र खाने अभ्यास हो । क्यालोरी नपुग रहेछ भने क्यालोरीयुक्त खाना नै दिनुपर्छ । आङ्गिक कारण भएमा त्यसको उपचार गर्नुपर्दछ । प्रोटिनयुक्त खाना र बोसोजन्य वस्तुहरु बढी मात्रामा दिनुपर्दछ । बच्चालाई खाना खुवाउँदा २०-३० मिनेट लाग्छ । कडा कुपोषण भएमा अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । अन्य रोगको कारण पत्ता लगाउन पनि प्रयास गर्नुपर्छ । खाना खाएन भने भोक लगाउने औषधि वा भिटामिनका बोतल खुवाउँदैमा बच्चा मोटाउने होइन । भर्ना गर्नुपर्ने अर्को कारणमा खानाको तरिका सिकाउने तथा पोषण शिक्षा दिनु जरुरी छ ।  पहिले ६ महिनामा दिमाग तप्व्र बढ्छ तथा २ वर्षभित्रमा पुरा बढी सक्छ । कुपोषण भएका दिमागको वृद्दिलाई पनि असर गर्ने हुन्छ । कुपोषण भएका बच्चाको ज्ञान र आवेगात्मक विकासको पनि मूल्याङ्कन गर्नु जरुरी छ । हाम्रो देशमा क्षयरोग र परजीविलाई प्रमुख कारणमा गणना गर्नुपर्दछ ।



Leave a Reply

Your email address will not be published.