प्रा. राई नेतृत्वको प्रगतिशील समूहको १९ बुँदे प्रतिबद्धता, समान सेवासुविधादेखि सुत्केरीलाई नाइट ड्युटीमा नराख्नेसम्म

हेल्थपोस्ट नेपाल

नेपाल नर्सिङ संघको १९औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रा. मनकुमारी राई (प्रगतिशील) प्यानलले आफ्नो १९बुँदे प्रतिबद्धता (घोषणापत्र) जारी गरेको छ । बुधबार राजधानीमा पत्रकारसम्मेलन गर्दै समूहले आफ्नो भावी कार्ययोजनासहितको एजेन्डा प्रस्तुत गरेको हो ।  सरकारी, गैरसरकारी तथा निजी संघ–संस्थामा कार्यरत नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन पहल गर्ने प्रगतिशील प्यानलको चुनावी एजेन्डामा उल्लेख छ ।

सुत्केरी भएको २ वर्षसम्म र ५० वर्ष नाघेका नर्सलाई नाइट ड्युटीमा नलगाउने नीतिगत व्यवस्थाका लागि पहल गर्ने, अनमीलाई विशेष कार्यक्रमअन्तर्गत स्टाफनर्स अध्ययनको अवसर दिन छात्रवृत्तिको व्यवस्थाका लागि पहल गर्ने घोषणापत्रमा उल्लेख छ । स्टाफनर्स पास गरिसकेका अनमीलाई स्टाफनर्समा पदस्थापन गराउन पहल गर्ने, ७७ वटै जिल्लामा जिल्ला नर्सिङ समितिलगायत स्थानीय तहमा एकाइ समिति गठन गरी व्यापक रूपमा नागरिकको नैसर्गिक अधिकार तथा गुणस्तरीय, सुरक्षित स्वास्थ्यसेवा उपभोग गर्न पाउने अधिकार सुनिश्चित बनाउन पहल गर्नेलगायत एजेन्डा प्रगतिशीलले अघि सारेको छ ।

प्रगतिशील प्यानलबाट संघको अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएकी प्रा. राईले आफूले ४० वर्षे नर्सिङ करिअरमा देखेका नर्सका समस्यालाई सम्बोधन गर्न उम्मेदवारी दिएको बताइन् । नर्सका तलब समायोजन, दरबन्दी समायोजन, निजी अस्पतालमा पनि सरकारीसरह सुत्केरी बिदालगायत सुविधा हुनुपर्नेजस्ता मुद्दा तत्कालै सम्बोधन गर्ने योजना आफूसित रहेको उनको भनाइ छ । १८औँ कार्यसमतिको उपाध्यक्ष अप्सरा पाण्डेले ‘एक विद्यालय एक नर्स’ अवधारणा, हिंसामा परेका नर्सलाई न्याय दिनेजस्ता थुप्रै काम आफ्नो कार्यकालमा भएको बताइन् । प्रगतिशील समूहले औद्योगिक क्षेत्रमा रहेका श्रमिकलाई समेत नर्सले उपचार दिने व्यवस्थाका लागि तथा नर्सलाई पनि सिपिडी कार्यक्रमको सुरुवात गर्न सरकारसमक्ष अवाज उठाइरहेको उनले बताइन् ।

प्रगतिशील प्यानलको अध्यक्षमा प्रा. राई, वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मीना बानियाँ, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठ, खुला सदस्यमा विजया अधिकारी, जनजाति सदस्यमा हरिप्रसाद कोजूलाई मैदानमा उतारेको छ । त्यसैगरी, सदस्यमा सोनु शेर्पा, सपना विक, अञ्जुकुमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसीलाई अघि सारिएको छ ।

संघको निर्वाचन ९ पुसमा हुँदै छ । निर्वाचनका लागि देशभरमा २१ वटा मतदानकेन्द्र तोकिएका छन् । नेपाल नर्सिङ काउन्सिलमा हालसम्म ८९ हजार ७ सय ८७ नर्स दर्ता भइसकेका छन् । नर्सिङ अभ्यासका लागि अनुमति पाउनेको संख्या यति ठूलो भए पनि पेसागत संगठन संघमा आबद्ध हुने नर्सको संख्या भने ज्यादै न्यून छ । ९ मंसिरसम्म संघमा आबद्ध हुने सदस्यले मात्र आगामी निर्वाचनमा मतदान गर्न पाउने संघले जनाएको छ ।

यस्तो छ १९ बुँदे घोषणापत्र



Leave a Reply

Your email address will not be published.