मिर्गौलाको नियमित डायलाइसिसका लागि ग्रान्डी पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलाइसिसका लागि ग्रान्डी अस्पताल पुगेका छन् । आइतबार दिउँसो डायलाइसिसका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल पुगेका हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोडपछि एक महिनाअघिबाट डायलसिस सेवा सुरु गरिएको छ ।
यसअघि तीनपटक डायलाइसिस गरेका ओली आज पुनः अस्पताल गएका छन् । अघिल्लो शनिबार पनि उनको हेमोडायलाइसिस गरीएको थियो । प्रधानमन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षणपछि डायलाइसिस गरिँदै आएको छ । आइतबार प्रधानमन्त्री ओलीको चाँथोपटक डायलाइसिस हुँदै छ ।