चिकित्सक संघमा प्रजातान्त्रिक समूहबाट महासचिवमा डा. रिजाल, सबै पदाधिकारीमा सैद्धान्तिक सहमति

हेल्थपोस्ट नेपाल
बायाँबाट क्रमशः अध्यक्षका उमेदवार कार्कीसहित, उपाध्यक्षका उमेदवार डा. अनिलविक्रम कार्की, महासचिवका उमेदवार डा. रिजाल, सहकोषध्यक्षका उमेदवार डा. दवाडी र कोषाध्यक्षका उमेदवार डा. पौडेल । तस्बिर : फेसबुकबाट

नेपाल चिकित्सक संघको आगामी महाधिवेशनका लागि प्रजातान्त्रिक समूहले महासचिवसहित सबै पदाधिकारीको टुंगो लगाएको छ । जसअनुसार महासचिवमा डा. बद्री रिजाललाई उठाउने तय भएको छ । संघको पूर्वअध्यक्ष एवं प्रजातान्त्रिक समूह निकटका चिकित्सकले पटकपटकको बैठक र छलफलपछि यस्तो सहमति जुटेको हो । पदाधिकारीमा समेटिएका अधिकांश चिकित्सकले महासचिवको दावी गरेकाले थोरै असन्तुष्टि जनाएपछि चुनावी मैदानमा भने एक भएर उत्र्रिने प्रतिवद्धता पूर्व अध्यक्षहरु समक्ष जनाएका छन् ।

त्यसैगरी अन्य पदाधिकारीमध्ये बरिष्ठ उपाध्यक्षमा डा. शिबकुमार श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, सहसचिवमा डा. प्रकाश बुढाथोकी, कोषाध्यक्षमा डा. शिवजी पौडेल र सहकोषाध्यक्षमा विश्वराज दवाडीको नाममा सैद्धान्तिक सहमति जुटेको हो । समूहबाट अध्यक्षका लागि डा. लोचन कार्कीलाई उठाउँने सहमति विहीबारै भएको थियो । ‘अन्य पदमा पनि सैद्धान्तिक सहमति भइसकेको छ, साथीहरुले इच्छा नदेखाएमात्रै नयाँ मान्छे तय होला, नभए सदस्य मात्रै टुंगो लगाउँन वाँकी छ,’ वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले हेल्थपोस्टसँग भने ।

प्रजातान्त्रिक समूहबाट एनएमएको आगामी महाधिवेशनका लागि डा. रिजालसहित डा. विश्वराज दवाडी, डा. अनिल कार्की, डा. प्रकाश बुढाथोकी, डा. शिवजी पौडेलले इच्छा देखाएका थिए । यीमध्ये रिजाललाई उठाउँने निर्णय भएको थियो । लामा आइतबार सहमति जुट्न नसकेपछि सोमबार छलफलपछि सहमति जुटेको हो । चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम)बाट एमबिबिएस गरेका रिजाल सरकारी चिकित्सक संघका समेत पूर्व अध्यक्ष हुन् । डा. अनिलले भने, आफू निर्णयप्रति सहमत हुननसक्ने भन्दै आफ्नो दावी महासचिवमै रहने बताए ।

प्रगातिशील समूहले सरकारी चिकित्सकमध्येबाटै महासचिवमा उठाउँने तयारी गरिरहेको अवस्थामा प्रजातान्त्रिक समूहले सरकारी चिकित्सक समूहका संस्थापकलाई नै मैदानमा ओलार्ने निर्णय गरेको हो । डा. केसीको पहिलो अनशन देखि नै साथ देखाएका डा. रिजाल अध्यक्ष उठाउँने तय भएका कार्की जत्तिकै लोकप्रिय मानिन्छन् । दशौं तहका डा. रिजालभन्दा कनिष्ठलाई केन्द्रमा राखेर उनलाई पछिल्लोपटक पूर्वाग्रही रुपमा डडेल्धुरा सरुवा गरिएको छ ।



Leave a Reply

Your email address will not be published.