त्रिवि उपकुलपतिमा प्रा.डा. धर्मकान्त बास्कोटा नियुक्त

हेल्थपोस्ट नेपाल

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । आइतबार त्रिविका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डा. बास्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपतिका लागि डा. बास्कोटासहित प्रा.डा. भगवान कोइराला र प्रा.डा. चन्द्रमणि पौडेल सिफारिसमा परेका थिए ।

त्रिविका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वको उपकुलपति सिफारिस समितिले १६ असोजमा ३ उल्लेखित ३ नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो । सिफारिसका बखत डा. कोइरालालाई प्रमुख उम्मेदवार मानिए पनि १ महिनाको रस्साकस्सीपछि डा. कोइरालालाई अइतबार नै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा थन्क्याएर डा. बास्कोटालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

डा. बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । उनले गत जेठमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेका हुन् । काउन्सिलको नेतृत्व गर्दा उनले निकै सुधारका कामहरु गरेका थिए ।



Leave a Reply

Your email address will not be published.